बुधबार, कार्तिक ६, २०७६
    सावधान

    राेल्पाको गुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको मृत्यु

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौं, १३ असाेज।

    पूर्वी राेल्पाको गुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको ज्यान गएकाे छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको हाे । 

    दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । 

    रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा।लि।को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको छ । 

    बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् । दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast