बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को कमाई कति ?

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौँ, १३ असोज 

    चलचित्र कबड्डी कबड्डी कबड्डीले रिलिज भएको पहिलो हप्तामा ७ करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । दोस्रो साता पनि यस फिल्मले सानदार कमाइ गरिरहेको बताइएको छ ।

    रिलिजका क्रममा राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशत भन्दा बढी अकुपेन्सी थियो । यसरी पहिलो दिनमा नै एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको थियो ।नेपाली चलचित्रहरुमा यो २०७६ सालकै उच्च कलेक्सन भएको चलचित्र निर्माण टीमको दाबी गरेको थियो ।

    अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बरालकाे बेजाेड अभिनय रहेकाे यस फिल्मकाे निर्देशक रामबाबु गुरुङ हुन् । रामबाबु गुरुङको निर्देशनम बनेको चलचित्र कबड्डीको तेश्रो सिरिज हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast