बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    बलिउडकाे चर्चित फिल्म 'शाेले'का कालियाको मृत्यु

    सोमबार, १३ असोज २०७६, आहाखबर

    मुम्बई, १३ असाेज । 

    बलिउडको चर्चित फिल्म 'शोले'मा कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको मृत्यु भएको छ।

    ७७ वर्षिय भिजु खोटेको शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका थिए । सोमबार बिहान मुम्बईमा उनकाे निधन भएको हो। 

    उनले सन् १९६४ मा 'या मालक' सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए। तीन सयभन्दा बढी हिन्दी र मराठी भाषाका सिनेमामा अभिनय गरेका खोटेलाई धेरैले शोलेमा उनले निभाएको कालियाको भूमिकाका कारण चिन्छन्।

    शोलेको एउटा चर्चित डाइलगले उनी चर्चित छन्। गब्बरले भन्छन्, ’तेरा क्या होगा कालियारु’ अनि कालियाले भन्छन् ‘सरदार मेने आपका नमक खाया हे सरदार।’    

    उनी सन् २०१८मा उनलाई अन्तिम पटक ‘जाने क्यु दे यारों’ सिनेमामा देखिएका थिए। भिजु खोटे भारतका अर्का चर्चित कलाकाल शुभा खोटेका कान्छा भाइ हुन्। उनका बुबा नन्दु खोटे पनि कलाकार थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast