बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    क–कस्ले सुन्छ अमेरिकी राष्ट्रपति ट्रम्पको फोन कल ?

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौँ, १३ असोज 

    राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको फोन कलसँग सम्बन्धित जानकारीलाई असामान्य ढंगबाट गोप्य राखेको भन्दै अमेरिकामा एक विह्सलब्लोअरले आरोप लगाएका छन् ।

    यसपछि अमेरिकामा यो चर्चा हुन लागेको छ कि राष्ट्रपतिकोतर्फबाट कुनै अन्य देशको नेतालाई गर्ने फोन कललाई कसरी अनुगमन गरिन्छ र कुराकानीको विवरणलाई कसरी र किन लुकाइन्छ ।

    व्ह्विसलब्लोअर एक अमेरिकी जासुसी अधिकारी हुन् । उनका अनुसार राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सीबीच भएको फोन वार्ताको लिखित प्रतिलिपिलाई गोपनिय विद्युतीय लोकेसनमा राखिएको थियो । यो राष्ट्रको सुरक्षाको दृष्टिकोणबाट नभएर राजनीतिक कारणबाट गरिएको थियो ।

    यो फोनको प्राथमिक ट्रान्सक्रिप्ट पहिले गोप्य श्रेणीमा गोपनीय राखिन्छ र पुनः यसलाई अति गोप्य रुपमा वर्गीकृत गरिन्छ । यसो गर्नाले यो पढ्नका लागि सम्बन्धित अधिकारीसँग अनुमती लिनु पर्छ ।
    व्ह्सिलब्लोअरका अनुसार यो खतराको संकेत थियो । किनकी यसबाट थाहा हुन्छ कि ह्वाइट हाउसका अधिकारीलाई न केबल राजनीतिक किसिमबाट संवेदनशील यो कलको बारेमा थाहा थियो । यो जानकारीलाई अमेरिकी सरकारले अन्य मानिसबाट लुकाउने कोशिश गरिरहेको थियो ।
    ट्रम्पका आलोचकका अनुसार यो कलको माध्यमबाट ट्रम्पले राष्ट्रपतिलाई आफ्नो प्रतिद्वन्द्वी राष्ट्रपतिका उमेद्वार उप राष्ट्रपति जो बाइडेन र उनको छोराको बिरुद्धमा जाँच सुरु गर्नका लागि मनाउने प्रयास गरेका थिए । यसको माध्यमबाट उनी आफ्नो राजनीतिक हित पुरा गर्न सक्थे । राष्ट्रपतिका सहयोगी यो कुराकानीलाई लुकाउने कोशिश गरिरहेको आलोचकहरुले बताएका छन् ।

     

    कस्ले सुन्छ कल ?

    पारम्परिक रुपमा कुनै विदेशी नेतासँग कुराकानी गर्नु भन्दा पहिले अमेरिकी नेशनल सेक्यूरिटी काउन्सील (एनएससी) का अधिकारीले राष्ट्रपतिलाई जानकारी दिन्छन् । जुन समयमा विदेशका नेतासँग कुराकानी भइरहेको हुन्छ, जानकारी दिने व्यक्ति पनि राष्ट्रपतिसँग ओभल अफिसमै बसिरहेका हुन्छन् । युएसए टुडेका अनुसार यो अवधिमा एनएससीका कम्तीमा पनि दुई अधिकारी सोही स्थानमा हुने गर्छन् ।

    यो समयमा ह्वाइट हाउसको अर्को ठाउँमा केही अधिकारी पनि एक सुरक्षित कोठामा बसिरहेका हुन्छन् र राष्ट्रपतिको कुरा सुनेर टिपोट गरिरेहका हुन्छन् । उनको टिपोटलाई मेमोरेन्डम अफ टेलिफोन कन्भर्सेसन भनिन्छ । यसका लागि छोटो शब्द मेमकन प्रयोग गरिन्छ ।

    पछि राष्ट्रपतिको विदेशी नेतासँग भएको फोनको कुराकानीलाई कम्प्युटरको माध्यमबाट लिखिन प्रतिलिपि अर्थात ट्रान्सक्रिप्टमा परिवर्तन गरिन्छ । ह्वाइट हाउसका एक पूर्व अधिकारीका अनुसार कम्प्युटरमा राखिएको ट्रान्सक्रिप्टलाई अन्य कर्मचारीद्वार सुनेर नोट गरिएको कुराकानीसँग मिलान गरिन्छ । फेरी यी दुवैलाई मिलाएर एक दस्तावेज बनाइन्छ ।

    यो लिखित प्रति सटिक नभएपनि यसलाई उपलव्ध संसाधनको हिसाबले अत्यन्त सावधानीसँग तयार पारिन्छ । व्ह्सिलब्लोअरका अनुसार जेलेन्सी तथा ट्रम्पबीचको फोन वार्ता लगभग १ दर्जन व्यक्तिले सुनिरहेका थिए ।

    एनएससीका एक पूर्व अधिकारीका अनुसार ट्रम्प राष्ट्रपति बनेदेखि फोन कल भन्दा पहिले गरिने ब्रिफिङको व्यवस्था हडबडीमा गरिदै आएको छ र यो फरक फरक स्तरको विशेषज्ञता राख्ने मानिसद्वारा गरिने गरिएको छ । उनका अनुसार ट्रम्पलाई आखिरी समयमा कल सुन्नका लागि भन्ने गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast