बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    भारत सरकारले किन लगायो प्याज निर्यातमा प्रतिबन्ध ?

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौं, १३ असोज  । 

    भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

    दसैंको मुखमा भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली भान्सा थप महँगो भएको छ । 

    भारतमा पनि अहिले प्याजको दाम बढेको छ। यही कारण मूल्य तल झार्न भातीय केन्द्रीय सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

    भारतले आन्तरिक माग धान्नका लागि इजिप्ट र अफगानिस्तानबाट प्याज आयात गर्ने निर्णय गरेको छ । भारतमा प्याजको अत्याधिक खपत हुन्छ । 

    प्याजको मूल्य अहिले नेपालमा प्रति केजी १२० रुपैयाँ सम्म  पर्छ । भारतमा ८० भारु पुगिसकेको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast