बुधबार, असोज २९, २०७६
    यातायात

    हट्यो नौविसे–नागढुंगा सडककाे जाम

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौं, १३ असाेज । 

    घण्टाैं जाम हुने नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ । जाम हटेर सवारी अनुगमन सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ ।

    त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले जाम नभएको र सवारी साधन सहज रुपमा आवतजावत भइरहेको भन्दै यात्रुहरुलाई यात्राको क्रममा केही समस्या र गुनासो भए राजमार्गमा राखिएको यात्रु सहायता कक्षमा समपर्क गर्न अनुरोध समेत गरेको छ ।

    केही दिनअघि काठमाण्डको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रुले सास्ती खेपेका थिए ।

    १०र१२ घन्टा लाममा बस्नु परेको भन्दै यात्रुले आक्रोश पोखिरहँदा गृहमन्त्री रामबहादुर थापाले तत्काल जाम खुलाउने गरि काम गर्न सम्बन्धित निकायललाई निर्देशनसमेत दिएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast