बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    एकदिनमै प्रतिकिलाे ३० रूपैयाँले बढ्याे प्याजकाे मूल्य

    सोमबार, १३ असोज २०७६, आहाखबर

    प्याजको भाउ एकै दिनमा किलोको ३० रुपैयाँ बढेको छ। काठमाडौँको कालिमाटीमा आइतबार खुद्रा १ सय ५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज सोमबार १ सय ३५ रुपैयाँमा बिक्री भइरहेको छ।

    भारतबाट प्याजको आयात रोकिएकाले भाउ बनेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा परेको हो। अस्वाभाविक रुपमा बढेपछि भारतले नेपालमा प्याज आयातमा आइतबादेखि रोक लगाएको छ।

    भारतमा वर्षाको कारण प्याजको उत्पादन घटेपछि भाउ बढेको व्यापारीहरुले बताएका छन्।

    नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ।चाडपर्वको मुखमा प्याजको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast