बुधबार, कार्तिक ६, २०७६
    सावधान

    मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी, एकजना समातिए

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज

    भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गर्ने गरी फेसबुकमा जथाभावी लेखेका भन्दै प्रहरीमा उजुरी परेकाे छ।

    आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ । 

    शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको हो । 

    चितवन प्रहरी प्रमुख दानवहादुर मल्लका अनुसार महानगर प्रमुख रेनु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको छ । यसैबीच उजुरीपछि  अश्लिल सामग्री लेख्ने मध्येको एक ३० वर्षीय पशुपति श्रेष्ठलाई चितवन प्रहरी  पक्राउ गरेको छ। अन्य आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast