शुक्रबार, मंसिर २७, २०७६
    लाइफस्टाइल

    यस्ता छन् तकियामा सुत्नुका बेफाइदा

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज

    तपाईं दिनभरिको थकानपछि मीठो निद्रामा जान चाहनुहुन्छ अनि ओछ्यानमा नरम तकिया लगाएर  आरामले निदाउनुहुन्छ । तर वास्तविकता के हो भने तकियाले तपाईंको छालालाई हानि पु–याउँछ । 

     

    अनुहारलाई हानि

    सिरानीमा धूलो, कपाल, रौं र तेलजस्ता कुराहरू हुन्छन् । तपाईंको अनुहार सिरानीको सम्पर्कमा आउँदा त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ । 


    कपाललाई हानि

    तपाईंलाई कपाल झर्ने समस्याले सताइरहेको छ भने सिरानीमा सुत्नु एक कारण हुनसक्छ । सिरानीमा कपाल रगडिन्छ र कपाल बीचबाट टुट्न शुरु गर्छ । रगडिएका कारण कपालको आर्द्रता कम हुन्छ र तिनीहरू रुखा हुन्छन् । 

    तपाईं आफ्नो अनुहार र कपालको स्याहार धेरै गर्नुहुन्छ तर तकिया लगाउँदा तिनलाई धेरै हानि पुग्छ । तर भोलिदेखि नै छोड्नुस् भनेको हैन, बिस्तारै बिस्तारै यो बानीलाई त्याग्दै जानुपर्छ । 

    अनि तपाईंलाई गर्दन, काँध वा ढाडको समस्या छ भने तत्कालै सिरानी छोड्नुहुँदैन । त्यसो गर्नुभयो भने राम्रो निद्रा आउन पाउँदैन र तपाईं झर्कोफर्को र तनाव अनुभव गर्नुहुन्छ । चिकित्सकको परामर्शमा बिस्तारै यसलाई छोड्नुस् । 

    सिरानी नलगाइकन सुत्दा राम्रो निद्रा लाग्छ अनि टाउको, गर्दन र काँधका नसाहरूलाई आराम पुग्छ । भोलिपल्ट बिहान तपाईं आराम र ताजा अनुभव गर्नुहुन्छ । सिरानी छोड्न मन लाग्दैन भने त्यसको सरसफाइमा अवश्य ध्यान दिनुस् । 

    हरेक ६ महिना तकिया परिवर्तन गर्नुस्, सिरानीको खोल सफा राख्नुस्, सुत्दाखेरी कपाललाई हल्का बाँध्नुस् अनि नरम तकिया प्रयोग गर्नुस् । 
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast