सोमबार, कार्तिक ४, २०७६
    अावास-निर्माण

    मेलम्चीको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौं, १२ असोज । 

    मेलम्ची खानेपानी आयोजनाको चिनियाँ कम्पनी सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच बाँकी काम गर्नेबारे सम्झौता भएको छ ।

    आइतबार एक कार्यक्रमबीच आयोजना र सिनोबीच बाँकी काम सम्पन्न गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजनातर्फबाट आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र कम्पनीकातर्फबाट वाङ हुआले हस्ताक्षर गरेका छन् ।

    सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम सुरु गर्ने आयोजनाले बताएको छ । तामाकोसी हाइड्रोपावरको सिभिल इन्जिनियरिङको काम केही समयअघि सम्पन्न गरेको सिनोले यन्त्र, उपकरण र कामदारसमेत तयारी अवस्थामा रहेकाले मेलम्ची आयोजनाको काम छिट्टै सुरु हुने जानकारी दिएको छ ।

    आयोजना तत्कालै सुरु गर्न नेपाली प्रतिनिधिहरुले आग्रह गर्दै आएकोमा सिनोले साइटमा गएर आयोजनाको अवस्था निरीक्षण गरेपछि मात्र आयोजनाको काम सुरु गर्ने बताउँदै आएका थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast