बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    चाडबाड लागेपछि तरकारीको मूल्य आकासियो, सबैभन्दा महङ्गो रायोको साग

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज । 

    चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य उपभाेक्ताले थग्नै नसक्ने गरी बढेको छ ।

    चाडवाड लागेपछि काठमाडौं उपत्यकामा तरकारी मूल्य आकासिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्यसूचीमा सबैभन्दा बढी हरियो सागको मूल्य बढेको छ।

    रायो सागको थोक मूल्य २५४ प्रतिशतले बढेको छ । एक महिना अघि ५४ रुपैयाँ किलो रहेको रायो साग १ सय ९५ रुपैयाँ पुगेको छ। समितिका अनुसार बोडी, करेला, बन्दा, घिरौला लगायतका तरकारीको मूल्य बढेको छ । एक महिना अघि सम्म ४० रुपैयाँमा पाइने तरकारी अहिले थोकमै ९० रुपैयाँ पुगेको छ । प्याज सुकेको के.जी.को  ८९ पुगेको छ । गाजर(लोकल) के.जी. ९८ छ । यस्तै, बन्दा(लोकल)को  ४८, काउली स्थानिय ११५, मूला सेतो(लोकल) ३८, भन्टा लाम्चो 78, बोडी(तने)९८, घिउ सिमी(लोकल) ९८ रुपैयाँमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast