बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    दशैं नजिकिएसँगै ह्वात्तै घट्याे सुनको भाउ, कति पुग्याे ताेलाकाे ?

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज

    आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएको छ । आज सुन प्रतिताेला ६०० रूपैयाँले घटेकाे हाे ।

    शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast