मंगलवार, मंसिर २४, २०७६
    अध्यात्म चर्चा

    यस्ता गुणले भरिपूर्ण हुन्छन् असोजमा जन्मेका व्यक्ति

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज

    जन्मेको महिनाबाट कुनै पनि मानिसको बानि ब्यबहार थाहा पाइने ज्योतिषशास्त्रमा उल्लेख गरिएको  छ । ज्योतिषशास्त्रमा मानिसको चालचलन र व्यवहार जन्मेको महिना र समय अनुसार पनि छुट्टाइएको छ । 

    कुन महिनामा जन्मेका मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने  ज्योतिषशास्त्रमा बताइएको छ । याे महिनामा जन्मेका मानिसहरु यस्ता हुन्छन् भन्ने कुनैलाई थाहा हुदैन तर ज्योतिषशास्त्रमा भनिएका केहि कुराहरु भने मिल्न जाने हुन्छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार असोज महिनामा जन्मेका मानिसहरु निकै सुन्दर र मिठो बोलि बोल्ने हुन्छन् ।

    उनीहरुले जस्तोसुकै मानिसलाई सजिलै आकर्षित गर्न सक्छन् । असोजमा जन्मेका मानिसहरु आफुलाई लागेको कुरा गर्ने खालका हुन्छन् । उनीहरु बुद्धिमान र गुणवान हुन्छन् । 

    ज्योतिषशास्त्र अनुसार यो महिनामा जन्मिने मानिसहरुको मन अत्यन्त पवित्र हुन्छ । यो महिनामा जन्मेका मानिसहरु सानो–सानो कुरामा  चिन्ता लिने र मिलनसार र  सत्य बोल्ने खालका हुन्छन् । 

    यस महिनाका मानिसहरु अल्छी स्वभावका हुन्छन् । तर कुनै काम भने आफै गर्न रुचाउने खालका हुन्छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast