सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै, मुटु स्वस्थ राख्नका के गर्ने ?

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडाैँ, १२ असाेज । 

    आज सेप्टेम्बर २९,  विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    मुटु स्वास्थ्य र मुटु सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट जोगिने उपायबारे सचेत गराउने उद्देश्यसहित आइतबार विश्व मुटु दिवस मनाईँएको हो ।

    बदलिँदो जीवनशैली र सन्तुलित आहारमा अमी हुँदा बिकासशील मात्र होइन बिकसित मुलुककै लागि पनि मुटु रोग चुनौति बनिरहेको छ । 

    मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने उपायबारे सचेत गराउने खालका विविध कार्यक्रम गरी हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिएको छ ।

    मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । नेपालमा मुटुरोगको उपचार महँगो छ तर पहिलेको तुलनामा केही सस्तो हुँदै आएको छ । नेपाल बाहिरका अन्य देशमा भने मुटुरोगको उपचार अत्यन्त महँगोे छ ।

    विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । मुटुरोगलाई संसारकै एक नम्बरको मृत्युको कारण मानिन्छ ।

    नेपालमा पनि हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म छ ।

    मुटु स्वस्थ राख्नका लागि :

    - मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
    - बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने
    मोटोपन घटाउने
    - उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
    - दैनिक ६–८ घण्टा सुत्ने
    - नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।
    - चुरोट, सुर्ती नखाने
    - पत्रु खाना नखाने
    - व्यायाम तथा खेलकुदमा सक्रिय हुने
    - फलफूल तथा सागपात खाने


    मुटु रोग नसर्ने रोग हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast