बुधबार, असोज २९, २०७६
    खेल संसार

    क्रिस्टियानाे राेनाल्डाेकाे गाेलमा युभेन्ट्स विजयी

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौं, १२ असोज । 

    माउरिजियो सारीको युभेन्ट्सले सिरि एमा अपराजित यात्रालाई जारी राखेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले स्पाललाई २–० ले हराउँदा क्रिस्टियानो रोनल्डोले गोल गरेका छन् ।

    मिरालिम प्ययानिचले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पाउलो डिबेला र रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर, सफल भएनन् ।

    अन्तत: डिबेलाको सहयोगमा रोनाल्डोले खेल सकिन १२ मिनेट अघि गोल गरेका थिए । अर्जेन्टिनी फरवार्ड डिबालाको सहयोगमा रोनाल्डोले हेड गोल गरेका थिए । चोटका कारण पछिल्लो खेल विश्राम लिएका रोनाल्डो पूरै समय खेलेका थिए ।

    ६ खेलमा ५ जित र १ बराबरी खेलेको युभेन्ट्सको १६ अंक छ र टोली दोस्रो स्थानमा छ । ६ खेलमा सबै जितेको इन्टर मिलान १८ अंकका साथ शीर्षस्थानमा छ । स्पाल ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast