बुधबार, असोज २९, २०७६
    खेल संसार

    पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

    शनिबार, ११ असोज २०७६, आहाखबर

    काठमाडौँ, ११ असोज

    सिंगापुर विरुद्ध कप्तान पारस खड्काले बिस्फोटक ब्याटिङ गरेका छन् । कप्तान खड्काले ४९ बलमा शतक पूरा गरे ।

    टी-२० मा खड्काकाे पहिलाे सतक हाे । १५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान खड्काले शतक बनाउँदा ९ छक्का र ७ चौका प्रहार गरेका थिए । 

    टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।

    नेपालका लागि करण केसीले दुई र सुशन भारीले एक विकेट लिएका थिए । सोमपाल कामी र सन्दीप लामिछानेजस्ता अनुभवी बलर भने विकेटविहीन बनेका थिए ।

     

    नेपालद्वारा सिंगापुर ९ विकेटले पराजित

    नेपालले सिंगापुरमा जारी त्रिदेशीय टि-२० शृंखलामा घरेलु टोली सिंगापुरविरुद्ध सानदार ९ विकेटको जित हात पारेको छ।  

    सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पारसको शतकसँगै नेपालले २४ बल बाँकी छँदै १ विकेट गुमाएर भेट्टाएको थियो।

    पारसले ५२ बलमा १ सय ६ रनको पारी खेले। उनले ७ चौका र ९ छक्का प्रहार गरे। यो नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो।

    नेपाली क्रिकेटको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको पनि शतक पनि पारसकै नाममा छ। गत जनवरीमा यूएईविरुद्धको एकदिवसीय शृंखलामा पारसले ओडिआईमा नेपालका लागि पहिलो शतक प्रहार गरेका थिए। 

    पारसँगै आरिफ शेखले ३९ रनको पारी खेलेपछि नेपालले सिंगापुरविरुद्ध सहज जित हात पारेको हो।

    पारसले छक्का प्रहार गर्दै ४९ बलमा शतक १०० रन पूरा गरेका थिए। त्यसअघि उनले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

    टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले निधारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। 

    उसका टिम डेविडले ४४ बलमा ६४ रनको इनिङ खेलेका थिए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै सिंगापुरका चन्द्र मोहनले ३५ तथा जनक प्रकाशले २५ रन जोडे। 

    नेपालका कारण केसीले २ तथा सुसान भारीले १ विकेट लिए। करणले ४ ओभरमा ३४ रन खर्चिए। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेपनि कुनै विकेट लिएनन्।

    सिंगापुर क्रिकेटले आयोजना गरेको जारी त्रिकोणात्मक शृंखलामा नेपाल, जिम्बाबे र सिंगापुर खेल्दैछन्। सबै टोलीले एक अर्काबीच दुई दुई वटा टि-२० खेल खेल्नेछन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast