बुधबार, असोज २९, २०७६
    यातायात

    जुम्लामा भएको जिप दुर्घटनामा १४ जना घाइते

    शनिबार, ११ असोज २०७६, आहाखबर

    खलङ्गा, ११ असोज

    जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नंको जिप आज पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिनुभयो । जिपमा २५ जना सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिप चालक फरार छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast