बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    भारतमा बाढीका कारण ४४ जनाको मृत्यु

    शनिबार, ११ असोज २०७६, आहाखबर
    नयाँ दिल्ली, ११ असाेज ।
     
    भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।
     
    गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।
     
    “गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्”, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले एएफपीसँग भने ।
      
    उहाँले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए
     
    प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।  
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast