बुधबार, कार्तिक ६, २०७६
    सावधान

    नेकपा निकट विद्यार्थीद्वारा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

    शनिबार, ११ असोज २०७६, आहाखबर

    चितवन, ११ असोज।

    ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएकाे छ । शनिबार शाहिमाथि चितवनको चौबिसकोटीमा निर्घात कुटपित भएको हाे ।

    उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।

    चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।

    घटजनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast