बुधबार, असोज २९, २०७६
    खेल संसार

    प्रिमियर लिगमा आज ८ खेल हुँदै, यस्ताे छ तालिका

    शनिबार, ११ असोज २०७६, आहाखबर

    काठमाडाैं, ११ असाेज ।

    इंग्लीस प्रिमियर लिगमा शनिबार ८ खेल हुँदैछन्। आज म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

    प्रिमियर लिगमा छैठौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार १८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

    १३ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। समान ११–११ अंक भएका लेस्टर सिटी, आर्सनल र वेस्ट ह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो चौथो र पाँचौं स्थानमा छन्।

    यस्ताे छ खेल तालिका

    १. सेफफिल्ड युनाइटेड र लिभरपुलः साँझ ५ बजेर १५ मिनेटमा

    २. बर्नमाउथ र वेस्ट ह्यामः राति ७ बजेर ४५ मिनेटमा

    ३. एस्टन भिल्ला र बर्नलीः राति ७ बजेर ४५ मिनेटमा

    ४. चेल्सी र ब्राइटनः राति ७ बजेर ४५ मिनेटमा

    ५. क्रिस्टरप्यालेस र नरविच सिटीः राति ७ बजेर ४५ मिनेटमा

    ६. टोटनह्याम र साउथह्याम्पटः राति ७ बजेर ४५ मिनेटमा

    ७. उल्भरह्याम्टन र वाटफोर्डः राति ७ बजेर ४५ मिनेटमा

    ८. एभर्टन र म्यानचेस्टर सिटीः राति १० बजेर १५ मिनेटमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast