बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    जापानमा राेजगारी : १ हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

    शनिबार, ११ असोज २०७६, आहाखबर

    काठमाडौं, ११ असाेज ।

    जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।

    शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।

    आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन् । जापानले पहिलो चरणमा नर्सिङ केयर ९ केयर गिभर० का लागि नेपाली कामदार लैजान लागेको हो ।, अन्नपूर्णले समाचार छापेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast