बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    इमरानले लगाएको आरोपको जवाफ यसरी फर्कायाे भारतले

    शनिबार, ११ असोज २०७६, आहाखबर

    नयाँ दिल्ली, ११ असाेज ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभामा दिएको अभिव्यक्तिको भारतले जवाफ फर्काएको छ।

    प्रधानमन्त्री खानले भारतले शान्तिका लागि गरिएका सबै प्रयासहरु विफल बनाएकोलगायतका आरोप लगाएका थिए।  पाकिस्तानी प्रधानमन्त्रीको मन्तव्यपछि भारतले महासभामा राइट टू रिप्लाईको अधिकार प्रयोग गरी खानको अभिव्यक्तिलाई भड्काउ र झूठो रहेको आरोप लगाएको छ।

    भारतीय विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानले आफ्नो देशमा कुनै आतंकवादी संगठन नरहेको, आल कायदासँग सम्बन्ध राख्ने व्यक्तिहरुको पेन्सन नरोकेको जस्ता विषयमा पाकिस्तानले जवाफ फर्काउन नसक्ने दाबी गरे। 

    बिहीबार पाकिस्तानी प्रधानमन्त्री खानले राष्ट्रसंघको महासभामा दिएको लगभग ५० मिनेट लामो मन्तव्यमा भारतमाथि थुप्रै आरोपहरु लगाइएको थियो। साथै भारत ठूलो बजार भएकाले विश्वका अन्य देशहरु भारतले गर्ने अपराधमा पनि चुप लाग्ने गरेको आरोप खानले लगाउनु भएको थियो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast