सोमबार, मंसिर ३०, २०७६
    बैंक-बीमा

    बैंक अफ काठमाडौंका पूर्व सिइओ जेल चलान

    शनिबार, ११ असोज २०७६, आहाखबर

    काठमाडौँ, ११ असाेज । 

    बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना पूर्पक्षका लागि जेल चलान भएका छन् । 

    शुक्रबार पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । 

    श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।  

    त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री५ लाख धरौटीमा रिहा भएका छन् । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast