बुधबार, असोज २९, २०७६
    खेल संसार

    नेपालले जिम्बावेलाई दियो १३३ रनको लक्ष्य, दीपेन्द्रको सर्वाधिक ४० रन

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौं, १० असोज

    सिंगापुरमा सुरु भएको त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य दिएको छ।  

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।

    नेपालको पालीमा दीपेन्द्र सिंह एेरीले सर्वाधिक ४० रन बनाए। कप्तान पारस खड्का १८ र सन्दीप जोरा १७ रनमा आउट भए। ओपनर इशान पान्डेले चार र आरिफ शेखले ८ रन बनाए। कुशल मल्लले दुई रनमात्र जोड्न सके।

    पाँच रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेट ३२ रनमा गुमाएको थियो। पारस तेस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ३८ रन थियो।  सन्दीप र दीपेन्द्रले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे।

    अन्तिम समयमा सोमपाल कामी र विनोद भन्डारीले गतिलो साझेदारी गरे। अविजित रहँदै सोमपालले २५ र विनोदले ११ रन जोडे। यी दुईले सातौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। सोमपालले १४ बलमा तीन छक्का प्रहार गरे। विनोदले भने १२ बल सामना गरेपनि एउटा मात्र चौका हिर्काउन सके।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast