बुधबार, असोज २९, २०७६
    खेल संसार

    शूरू भयाे क्यानको साधारणसभा, अध्यक्षमा कसले मार्ला बाजी ?

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौं, १० असाेज ।

    काठमाडौंमा आजबाट नेपाल क्रिकेट संघ 'क्यान' को साधारण सभा शुरु भएको छ । सधारण सभाको मुख्य एजेन्डा क्यानको १७ सदस्यीय कार्यसमिति गठन गर्नु हो । शनिबारका लागि क्यानको निर्वाचन तोकिएको छ ।

    शुक्रबार साधारण सभा शुरु भएको छ । ओपनिङ शर्तमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेश कुमार सिलवाल, आईसीसीको प्रतिनिधि मोहम्मद इमानुएल र स्वतन्त्र कमिटिका सदस्यसहित क्यानका मतदाताको सहभागिता रहेको छ ।

    साधारण सभाको प्रारम्भीक चरणमा बोल्ने वक्ताहरुले क्यानको निलम्बन फुकुवा हुने र आगामि दिनमा संघलाई पार्दशी तरीकाले अगाडि बढाउने उदेश्यसहित नयाँ कार्यसमिति चयन गर्न सुझाएका छन् ।

    ५९ सदस्य मतदाता रहेको क्यानको निर्वाचनमा पूर्व अध्यक्ष विनयराज पाण्डे र तत्कालिन अध्यक्ष चतुर बहादुर चन्द क्यानको अध्यक्षका लागि चुनावी दौडमा छन् ।

    दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेकै कारण मैदान उत्रिएको बताइरहँदा नेपाली क्रिकेट प्रशंसक भने नेतृत्वको प्रतिक्षामा छन् । साधारण सभाका लागि जिल्लाबाट आएका प्रतिनिधि पनि क्यानको निर्वाचनमा उल्लासका साथ अगाडि बढेका छन् ।

    उम्मेद्वारद्वय पाण्डे र चन्द जिल्ला तथा प्रदेशका प्रतिनिधिलाई फकाउँदै क्यानको नेतृत्व हातमा लिने लक्ष्य सहित लागिरहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast