बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    जापान किन उत्तर कोरियाभन्दा बढी चीनसँग डराउँछ ?

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    टोकियो, १० असाेज ।

    जापानले आफूलाई कोरियाभन्दा चीनकाे डर बढी भएकाे बताएकाे छ । टोकियोले वार्षिक रक्षा प्रतिवेदन समीक्षा सार्वजनिक गर्दै उत्तर कोरियासँग परमाणु ब्यालेस्टिक मिसाइल भए पनि मुख्य डर उत्तर कोरियाभन्दा पनि चीनबाट बढी रहेको जनाएको हाे । 

    उक्त सुरक्षा विश्लेषण अनुसार जापानको सहयोगी मुलुक अमेरिकापछि चीन दोस्रो स्थानमा आएको हो भने उत्तर कोरिया तेस्रो स्थानमा छ । शीत युद्धका समयमा जापानलाई मुख्य डर रूसबाट थियो भने अहिले रुस चौथो स्थानमा छ । 

    रक्षा मन्त्री तारो कोनोले सुरक्षा विश्लेषणबाट प्राप्त बढी डर भएका मुलुकको सूची सार्वजनिक गर्ने क्रममा भने, 'चीनले निकै तिव्र गतिमा सैन्य क्षेत्रमा लगानी गरिरहेको छ । र हामी भन्‍न सक्छौं कि हामीलाई अझ धेरै लगानी गर्नु आवश्यक छ ।'

    उनले थपे, 'चीनले हवाई र समुद्री सैन्य सामग्रीको परिमाण पश्चिमी प्रशान्त र जापानको सुशीमा स्ट्रेटमासमेत बढाउँदै लगेको छ ।' 

    चिनियाँ विदेश मन्त्रालयले भने उक्त रिपोर्टप्रति असन्तुष्टि प्रकट गरेका छन् । जापानी विदेश मन्त्रालयका प्रवक्ता जेङ शआङले भने, 'जापानको सामान्य राष्ट्रिय रक्षा र सैन्य गतिविधिका विषयमा सार्वजनिक गरिएको 'आधारहीन आलोचना' चीनले स्वीकार्न सक्दैन ।'

    जापानले पछिल्लो सात वर्षयता बेइजिङ र उत्तर कोरियाको प्रत्याक्रमणका लागि सैन्य क्षेत्रमा १० गुणा लगानी बढाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast