बुधबार, कार्तिक ६, २०७६
    पर्यटन समाचार

    जलकुम्भी झार निकालेपछि सुन्दर फेवाताल

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौँ, १० असोज  ।

    पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झार निकालेपछि फेवाताल सुन्दर देखिएको छ ।

    पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा केहिदिनअघि यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको थियो ।

    वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौंते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो ।

    पोखरा महानगरपालिकाद्वारा सञ्चालित तालबाट झार झिक्ने अत्याधुनिक मेशिनसहित दुई वटा जेसिभी प्रयोग गरि ३० टनभन्दा बढी जलकुम्भी झार निकालिएको जलकुम्भी झार सरसफाइ समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

    नेपालमा कृषि र ग्रामीण क्षेत्रमा काम गरिरहेको जापानी संस्था जाइकाले विसं २०६३ र २०६४ मा फेवातालको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । जाइकाको प्रतिवेदनमा युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी फैलिएको उल्लेख छ ।

    फेवातालमा ४० वर्षअघिदेखि देखिएको जलकुम्भी झार नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन नबिगार्ने गरी यसको व्यवस्थापन हुनुपर्ने विज्ञको धारणा छ । झारलाई यसै पुर्ने वा फाल्ने भन्दा पनि ताल क्षेत्रबाट कम्तीमा तीन किलोमिटर पर लगी जलाएर नष्ट गरिनुपर्ने विज्ञ बताउँछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast