बुधबार, असोज २९, २०७६
    यातायात

    दशैंले नेपाल वायुसेवा निगमलाई राहत, ओशाकाबाट आउँदा ह्वात्तै बढे यात्रु

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौं, १० असोज  । 

    दशैंका लागि स्वदेश फर्किने बढी भएपछि नेपाल वायुसेवा निगमको ओशाका उडानमा अकुपेन्सी बढेको छ। यात्रुनै नपाएर उडान कटौती गरेको निगमको अक्टोबर ५  तारिखसम्म ९० प्रतिशत अकुपेन्सी छ ।

    नेपाल वायुसेवा निगमको जापान उडानमा एकाएक अक्युपेन्सी बढेको छ । निगमले तयार पारेको टिकटीङ प्रणालिका अनुसार अक्टोबर पाँच तारिखसम्म ९० प्रतिशत अक्युपेन्सी रहेको छ ।  निगमको काठमाडौं-जापान उडान गर्ने यात्रुको संख्या पनि बढेको पाइएको छ ।

    - सेप्टेम्बर २४ मा तारिख ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २०२ थियो ।

    - सेप्टेम्बर २६ मा तारिख ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २३७ थियो ।

    - सेप्टेम्बर २८ तारिखमा ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २५३ थियो ।

    - अक्टोबर १ तारिखमा ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २५४ थियो ।

    - अक्टोबर ३ तारिखमा ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २५० थियो ।

    - अक्टोबर ५ तारिखमा ओशाका-काठमाडौंका लागि सिट अकुपेन्सी २४३ थियो ।

    हाल निगमले यो गन्तब्यमा वाइडबडी जहाज(एयरबस-३३०) मार्फत ओशाका उडान गर्दै आएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast