मंगलवार, मंसिर २४, २०७६
    ब्राण्ड/संगठन

    सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग

    शुक्रबार, १० असोज २०७६, आहाखबर
    फोटो सौजन्य : जनता बैंक

    काठमाडौं, १० असोज । 

    गत २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । सो बस्ती निर्माणका लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 
    उक्त रकम शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो । 

    गत २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तीका बासिन्दाको आवास पुनः निर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो । 

    नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति मिति २०७५ कार्तिक २७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast