मंगलवार, मंसिर २४, २०७६
    अध्यात्म चर्चा

    वास्तु टिप्स : आर्थिक संकट हटाउन घरमा राख्नुहोस् यी ५ चीज

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौँ, १० असोज 

    नेपाली परम्पराअनुसार वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

    यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ । बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ ।

     

    लाफिङ बुद्ध

    आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ । लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ । बुद्धलाई समृद्धिका देवता मानिन्छ । बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ ।


    कछुवा

    कछुवालाई शुभ जीव मानिन्छ । यसलाई घरमा राख्दा सफलता र धन–दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ । यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ ।

     

    तीनवटा सिक्का

    घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ । यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ । बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ ।

     

    ड्र्यागनको जोडी

    ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो । सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ । यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ । यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ । यसमा अपार शक्ति हुन्छ ।

     

    सुनौलो माछा

    घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ । तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast