सोमबार, कार्तिक ४, २०७६
    पर्यटन समाचार

    पर्यटन दिवसमा ३ नयाँ गन्तब्य घोषणा

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    १० असोज, काठमाडौं । 

    शुक्रबार पर्यटन दिवसको अवसरमा एक कार्यक्रम गरी ३ नयाँ गन्तब्य घोषणा गरिएको छ । 

    धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिन्छ ।

    विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे । हरेक वर्ष नयाँ–नयाँ गन्तब्य बिस्तारका क्रममा यी गाउँ छनोट गरिएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

    गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।

    यस वर्ष छानिएका तीन नयाँ गन्तब्य:-

    चालिस (रुबीभ्याली गाउँपालिका) : धादिङ

    फापरखेत (काठेखोला गाउँपालिका) : बागलुङ

    धुन्सा (फक्ताङलुङ गाउँपालिका) : ताप्लेजुङ

    शुक्रबार विश्वभर पर्यटन दिवस मनाइदैछ । ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइदैछ । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast