बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    आइएमईमार्फत् पैसा पठाउँदा पाइन्छन् यस्ता सुविधा र उपहार

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडाैं, १० असोज।

    यूएईबाट आईएमईमार्फत् नेपाल पैसा पठाउँदा यूएईमा कार्यरत दुई नेपालीका परिवारले दोब्बर रकम उपहार पाएका छन्।

    आईएमई दशैं तिहार डबल’ योजना अन्तर्गत ३० हजार रुपैयाँ घरमा पैसा पठाउँदा यूएईमा कार्यरत स्याङ्जाका विजयी नेपालीले ‘लक्की ड्र’ मार्फत ३० हजारको दोब्बर रकम ६० हजार रुपैयाँ पाएको आईएमई यूएईका प्रमूख उत्तम बस्नेतले जानकारी दिए।

    यस्तै अघिल्लो हप्ता सुनसरीका महेश आलेले ६ हजार रुपैयाँ पठाउँदा त्यसको दोब्बर १२ हजार रुपैया पाउएका थिए। विदेशबाट आईएमई रेमिटको माध्यमबाट नेपाल रकम पठाउँनेहरु यो योजनामा सहभागी हुने र जितेको उपहार जहाँ जसको नाममा पठाएको हो उसले नै पाउने आईएमई यूएई प्रतिनिधि इश्वर अधिकारीले जानकारी दिए।

    आईएमईको यो योजनामा हरेक हप्ता विश्वभरका दुईजना नेपाली बिजेता छानिने छन्। सेप्टेम्बर १ देखि सुरु भएको यो योजना नोभेम्बर १६ सम्म चल्ने छ। योजना अवधिभर हप्तामा २ जनालाई आईएमई गरिएको रकमको डबल रकम, मासिक २ जनालाई आईएमई गरिएको रकमको चारगुणा बढी तथा बम्पर योजनामा सहभागी मध्ये एकजनाले आईएमई गरिएको रकमको आठ गुणसम्म रकम जित्ने आईएमई यूएई प्रतिनिधि अधिकारीले बताए।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast