बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    फाइभजी मानव स्वास्थ्यका लागि कति खतरनाक ?

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौँ, १० असोज 

    प्रविधि क्षेत्रले सम्पूर्ण क्षेत्रलाई प्रभावित पारिरहेको समयमा   प्रविधि क्षेत्रलाई नै फाइभजीले प्रभाव पार्ने देखिएको छ । विश्वका धेरै सरकारी नियोग र संगठनहरूले रेडियो तीव्रता तरङ्गले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने जनाइरहेका छन् । तर, ठीक यही बेला केही विज्ञहरूले मोबाइल टेक्नोलोजको पाँचौं पुस्ता (फाइभजी)का सन्दर्भमा सशक्त असहमति जनाइरहेका छन् । 

    यसबीच तेर्सिएको प्रश्न हो, मानव स्वास्थ्यका लागि फाइभजी खतरनाक छ ? फाइभजीले इन्टरनेटको माध्यमबाट प्रवाहित क्षमतामा वृद्धि गराउँछ भने यसले लिने समयलाई घटाउनेछ । प्रविधिमा आधारित स्वचालित मेसिन रोबोट, चालकविहीन कार, चिकित्सा क्षेत्रका उपकरणहरूको गतिविधि लगायत मानिसको दैनिक जीवनमा हुने र गरिने गतिविधिका लागि मेसिन र त्यसको परिचालनसमेत गरी एकीकृत कार्य गर्ने एपहरूको विकास भइरहेको छ । यस्ता गतिविधिलाई द्रुतगतिमा टाढाबाटै सम्पन्न गर्ने प्रविधिको रूपमा फाइभजीको विकास गरिएको हो ।

    येला हेविङ मार्टिन (पीएचडी)ले फाइभजीले स्वास्थ्यमा खराब असर पार्छ र ? भन्ने विषयमा लेखेको आलेखअनुसार अमेरिकामा त्यहाँको संघीय सञ्चार आयोगले गत वर्षको अन्त्यतिर २८ गिगाहर्ज (जीएचजेड)को पहिलो ब्यान्डविथको बोलकबोल टुंग्याउने कार्यतालिका सार्वजनिक ग¥यो । यसले फाइभजी नेटवर्कको निर्माण गर्नेछ । अमेरिकीहरूको स्वास्थ्यमा यसले कस्तो प्रतिकूल प्रभाव पार्ने हो वा होइन त्यसबारे त्यहाँका विज्ञहरूमा मत विभाजन भएको देखिएको छ । 

    फाइभजीले इन्टरनेटको माध्यमबाट प्रवाहित क्षमतामा वृद्धि गराउँछ भने यसले लिने समयलाई घटाउनेछ ।

    उर्जाको विद्युत चुम्बकीय क्षेत्र ( इलेक्ट्रोम्याग्नेटिक फिल्ड)का कारण इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (विकिरण) उत्पन्न हुन्छ । यो विद्युत्को प्रवाहको परिणाम हुन्छ । यसको मापन हर्जमा हुन्छ । प्रतिसेकेन्डमा हुने गतिविधि चक्रको मापन हुन्छ । ५० देखि ६० हर्जबीचको ऊर्जा पंक्तिहरू परिचालन हुन्छन् ।

    यसमा तरङ्गको फ्रिक्वेन्सी, माइक्रोवेभ, इन्फ्रारेड रेडिएसन, भिजिबल लाइट र केही अल्ट्राभाइलेट स्पेक्ट्रम हुन्छन् । यस्ता वस्तु मेगाहर्ज, गिगाहर्ज, टेराहर्जमा हुन्छन् । यसलाई गैर आयनीकरण विकिरण (ननआयोनाइजिङ रेडिएशन)को रूपमा बुझिन्छ । यो पेटाहर्ज र एक्साहर्ज स्पेक्ट्रममा हुन्छ । जसमा एक्सरे र गामा रेहरू हुन्छन् । यिनीहरू रेडिएशनको आयोनाइजिङका किसिम हुन् । यसले पर्याप्त ऊर्जालाई बोक्न सक्ने र अणुहरूमा टुक्रिएर मानव शरीरलाई महत्वपूर्णरूपमा हानि पु-याउँछ ।

    रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोनिक फिल्डमा ३० किलोहर्जदेखि ३०० गिगाहर्जसम्मको सबै वेललेङ्थहरू हुन्छन् । आमरूपमा यो फिल्ड विभिन्न किसिमका हाते मोबाइल, ट्याब्लेट, फोन स्टेशन, प्रविधियुक्त मेडिकल उपकरण र टेलिभिजनका एन्टिनाजस्ता उपकरणबाट उत्पन्न हुन्छ । यो फिल्डको सबैभन्दा प्रभावकारी असर भनेको तातो पार्नु (हिटिङ) हो । 

    यो फिल्डको उच्च प्रयोगले तापक्रममा वृद्धि गराई तन्तुलाई आघात पु¥याउँछ । तर मोबाइल डिभाइसबाट निस्कने यो फिल्ड न्यूनतहमा हुन्छ । फाइभजीको विकासपछि यसको अवस्था के हुनेमा विभिन्न बहसहरू भइरहेका छन् । क्यान्सर रोगबाट बच्ने इन्टरनेशनल एजेन्स फर रिसर्च अन क्यान्सर समूहसँग काम गरिरहेको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको सन् २०११ मा भएको ३० औं सम्मेलनले यो फिल्डको निस्कासनको परिणाम क्यान्सर विकासको जोखिमको रूपमा अथ्र्याएको थियो । 

    द ल्यानसेट अन्कोलोजीले यससम्बन्धी प्रतिवेदनहरू छापेको छ । मानिस र पशुमा क्रियाशील दुई समूहले यससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । तर राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी नियोग डब्लुएचओले यसबाट प्रतिकूल असर नपर्ने जनाएको छ । यो फिल्डसम्बन्धी एक अन्तर्राष्ट्रिय नियोगको प्रतिवेदन सार्वजनिक हुनुअघिसम्म डब्लुएचओले यसबाट स्वास्थ्यलाई कुनै हानि नहुने जनाइरहेको छ । येलाका अनुसार गत सातासम्म त्यो प्रतिवेदन सार्वजनिक भएको छैन ।

    “फाइभजीले मानव शरीर र जैविक जगतलाई कुनस्तरमा खतरा पु-याउने हो, त्यसबारे निक्र्यौल हुन बाँकी रहेपनि यो मानव स्वाथ्यका लागि खतरा हो ।”

    स्विडेनको ओरब्रो युनिभर्सिटीमा अन्कोलोजी डिपार्टमेन्टका डा. लेनार्ट हार्डेलले राष्ट्रसंघले आइएआरसीको यो फिल्डसम्बन्धी वर्गीकरणलाई अंगीकार नगरेको भनेर आलोचना गर्ने गरेका छन् । सन् २०१७ मा उनले इन्टरनेशनल जर्नल अफ अन्कोलोजीमा यस विषयमा आलोचनात्मक आलेख प्रस्तुत गरेका थिए । जैविक जगतलाई यसले नराम्ररी प्रभावित पार्ने, डिएनएलाई क्षति पु-याउनेदेखि लिएर नवजात शिशुसम्मका विभिन्न समस्याहरू हुने किसिमको प्रतिवेदनबारे उनले जानकारी दिए । 

    क्यान्सरसँग सम्बन्धित हालै गरिएको एक अध्ययनमा यो फिल्डबाट जैविक क्षेत्रमा पर्ने प्रभावको अवस्था अहिले धेरै प्रारम्भिक अवस्थामा रहेको जनाइएको छ । डा. अगोस्टिनो डि सिउला नेतृत्वको अध्ययन प्रतिवेदनमा मानिस, पशु र सूक्ष्मजीव (माइक्रोब्स) मा पर्ने प्रभावबारे अध्ययन गरिएको छ ।

    समग्रमा यसबारे ठोस प्रामाणिक निर्णय प्राप्त हुन सकेको छैन । फोरजीबाट फाइभजीमा प्रवेश गर्दा यसले बढी भन्दा बढी ब्यान्डविथबाट बहुपक्षीय डेटालाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन सहज हुन्छ । यसले स्पेक्ट्रमको उच्च किनारामा हाम्रो नेटवर्कको निर्माण गर्छ । सघन नेटवर्क भएको ठाउँमा फाइभजी नेटवर्कले कमाल देखाउने विश्वास उत्पादनकर्ताहरूको छ ।

    एकै ठाउँबाट एकै पटक धेरै ठाउँमा धेरै किसिमको सेवा फोरजीको तुलनामा द्रुतगतिमा गराउन सक्ने प्रविधिको नाम हो फाइभजी । तर यसले कतिको हानि पु-याउने हो, त्यसको यकिन गरिएको अध्ययन भने छैन । यो फिल्डले केही खास किसिमका क्यान्सर र अन्य किसिमका स्वास्थ्य समस्याको सानो जोखिम भएपनि सम्बन्ध राखेको देखिन्छ । 

    येला भन्छन्, “फाइभजीले मानव शरीर र जैविक जगतलाई कुनस्तरमा खतरा पु-याउने हो, त्यसबारे निक्र्यौल हुन बाँकी रहेपनि यो मानव स्वाथ्यका लागि खतरा हो ।” आउने समयमा सार्वजनिक हुने प्रतिवेदनबाट यसबारे जानकारी आउनेछ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast