बुधबार, असोज २९, २०७६
    खेल संसार

    आज जिम्बाबेविरुद्ध खेल्दै नेपाली टाेली

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौं, १० असाेज । 

    आज नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज जिम्बाबेविरुद्ध खेल्ने भएकाे छ ।

    खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । आईसीसी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा जिम्बाबे र नेपाल पहिलो पटक भिड्दैछन् ।

    सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल अघिल्लो महिना सिंगापुरमै आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो ।

    अर्को तर्फ आईसीसीलेनै जिम्बाबेमाथि प्रतिबन्ध लगाउँदै उसको स्थानमा नाइजेरियालाई मौका दिएको छ ।

    टेष्ट राष्ट्र जिम्बाबे टि ट्वान्टी १५ औं स्थानमा रहँदा नेपाल ११ औं स्थानमा छ । उपाधिको दाबेदार जिम्बाबे विश्वकप छनोट खेल्न नपाउनुको पिडामा छ । त्यसअर्थ पनि जिम्बाबे नेपालविरुद्ध प्रभावशाली जितको खोजीमा हुनेछ । केहि दिन अघि सम्पन्न अफगानिस्तान र बंगलादेशसँगको त्रिकोणात्मक सिरिजमा जिम्बाबे खराब प्रर्दशन गरेको थियो ।

    टोली अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदा अन्य सबै खेलमा पराजित हुन पुगेको थियो । जिम्बाबेका लागि कप्तान सेन विलियम्स,क्रेग इरबिन,कायल जर्विस र तेन्दाइ चतराले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपालविरुद्ध जित सहज हुन सक्छ । नेपाली टोली जिम्बाबेसँग गत वर्ष एक दिवसिय विश्वकप छनोटमा नेपाल १ सय १६ रनले पराजित भएको थियो । जिम्बाबेका उत्कृष्ट अलराउन्डर सिकन्दर राजा भने अहिले टोलीमा छैनन् ।

    यता नेपाली टोलीमा कप्तान पारस खड्का र विकेटकिपर विनोद भण्डारीलाई छाड्ने हो भने सबै युवा खेलाडी रहेका छन् । आजको खेलमा इशान पाण्डेको डेब्यूको सम्भावना छ । इशान ओपनरको रुपमा पारससँग उत्रन सक्छन् । इशानलाई बेन्चमा राखे पारसको जोडी पवन सरार्फ बन्ने छन् । उप कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो र आरिफ शेख चौथो नम्बरमा ब्याटिङ गर्ने संभावना छ ।

    आजको खेलमा आरिफ शेख र विश्वकीर्तिमानी युवा ब्याट्सम्यान सन्दीप जोराको पुनरागमनको संभावना बलियो छ । यी दुवै खेलाडी अघिल्लो महिना सिंगापुरमा विश्वकप छनोटमा टोलीमा थिएनन् । नेपाल आज तीन तीब्र गतिका बलरका साथ मैदान उत्रन सक्छ । नेपाललेसोमपाल कामी र करण केसीलाई अलराउन्डरको रुपमा प्रयाग गर्दै आएका छन् ।

    डेथ ओभर स्पेसल अभिनाष बोहोराको स्थान पक्का देखिन्छ । दुई स्पिनरमा लेग स्पिनर सन्दीप लामिछानेको स्थान निश्चित जस्तै हुँदा ललित नारायण राजवंशी र सुसन भारी मध्य एकले मौका पाउने छन् । यी दुईमा को मैदान उत्रने भन्न कठिन छ । त्यस्तै रोहित कुमार पौडेललाई बेन्चमा राखेर युवा अलराउन्डर कुशल मल्ललाई डेब्यू गराउने संभावना छ । कुशल तल्लोक्रममा ठूला सट प्रहार गर्दै खेललाई परिवतर्न गराउन सक्ने क्षमता राख्छन् ।

    नेपालले यस त्रिकोणात्मक सिरिजलाई दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीको रुपमा लिएको छ । नेपाल सिंगापुरबाट असोज १८ गते देखि ओमानमा सुरु हुने पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज खेल्न जाने छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast