बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    महानवमीमा खाँडादेवीमा वृहत सांस्कृतिक कार्यक्रम

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौँ, १० असोज ।
    रामेछापको खाँडादेवीमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । असोज २० गते महानवमीको दिन खाँडादेवी गाउँपालिका ५ पकरवास रमाइलो बस्ती बेसीटोलमा कार्यक्रम आयोजना गरिएको आयोजक खाँडादेवी प्रगतीशील युवा समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । 

    मध्याह्न १२ बजेदेखि सुरु हुने कार्यक्रममा गायकहरु राजेन्द्रकुमार कार्की, अमृत खाती, कुमार कार्की, गुणराज श्रेष्ठ तथा गायिकाहरु नविना घिसिङ, आकृति श्रेष्ठ, सन्ध्या श्रेष्ठको प्रस्तुती रहनेछ । गायिका तथा संचारकर्मी सम्झना श्रेष्ठले कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast