बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    नायिका थापाको दोहोरो भुमिका रहेको चलचित्र ‘लक्ष्मी रानी’को शीर्ष गीत यस्तो बन्यो

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौँ, १० असोज ।
    नेपाली चलचित्र ‘लक्ष्मी रानी’को शिर्ष गीत रिलिज भएको छ। चलचित्रको ‘दिल मै राखौंला लक्ष्मी रानीलाई’ बोलको यस गीतमा चलचित्रका मुख्य कलाकार शुभेच्छा थापा, जयकिशन बस्नेत र परदेशी साहले अभिनय गरेका छन्।

    तराईलगायतका ठाउँमा छायांकन गरिएको यस गीतमा जयकिशन र परदेशीले नायिकालाई फकाइरहेका छन्। कात्तिक १ गते तिहारमा प्रदर्शन हुने यस चलचित्रको यस गीतमा गायिका जुनु रिजाल र दौलत राइको स्वर रहेको छ भने बबुल गिरीको संगीत रहेको छ। गीतकार लोक राइले शब्द लेखेका हुन्।

    विशुद्ध नेपाली नारीको अवस्था र सामाजिक परिवेशमा आधारित भनिएको यो चलचित्र नायिका थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो। मुख्य निर्माता र कथा लेखनसमेत स्वंय थापाको रहेको छ।

    चलचित्रमा शुभेच्छा, जयकिशन र परदेशीसँगै धिरेन शाक्यको मु्ख्य भुमिका रहेको छ। नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका रहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast