बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    बलिउड

    ड्रेसअपका कारण फेरि ‘ट्रोल’को सिकार भइन् करीना

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    मुम्बई, ९ असोज

    करीना कपूर बलिउड उद्योगमा आफ्नो लूकका कारण प्रायः चर्चामा रहने गर्छिन् । उनले आफ्नो ड्रेसअपका लागि लाखौँ रुपैँया खर्च गर्ने गर्छिन् ।

    करीना आजभोलि ‘डान्स इन्डिया डान्सः सिजन ३’ मा देखिएकी छिन् । यो शोमा करीना प्रायः आफ्नो स्टाइल र फेसन सेन्सका कारण चर्चामा हुन्छिन् । यो वर्ष पनि करीना कूल देखिएकी थिइन् ।

    करीनाका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा करीना फेसन डिजाइनरका साथ देखिन्छिन् । गाउनमा देखिएकी करीनाले ज्वेलरीका नाममा एउटा नेकलेस लगाएकी थिइन् ।

    करीनाको यो लूकको तारिफ भएको छ । तर केहीले भने उनलाई ‘ट्रोल’ गरेका छन् । उनको ड्रेसअपको मजाक बनाउँदै कति युजर्सले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जमिनमा घस्रिएको करीनाको ड्रेस देख्दा लाग्छ, कि उनी स्वच्छ भारत महान अभिनयमा जाँदैछिन् ।’

    प्रयोगकर्ताले अन्य पनि रमाइला कमेन्ट गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast