सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    छात्रालाई निःशुल्क प्याड वितरण गरिने

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडौँ, ९ असोज

    सङ्घीय सरकारका तीन मन्त्रालयले विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई निःशुल्क प्याड वितरण गर्ने तयारी गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका  तथा  ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले समन्वयमा यससम्बन्धी नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएका छन् । 

    नीति कार्यान्वयनको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको आज यहाँ आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया  थापाले  जानकारी दिनुभयो । उहाँले  नयाँ नीति छिट्टै कार्यान्वयनमा आउने जानकारी दिँदै विद्यालयमा कपडाबाट बनेका प्याड वितरण गरिने बताउनुभयो । 

    प्याड निर्माणमा तालीम तथा पैरवी गर्दै आएको संस्था एक्स्पोज नेपालको १२आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममै मन्त्री थापाले  स्थानीय तहमा प्याड निर्माणमा तालीमको थप कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । 

    ‘मर्यादित र स्वस्थ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ नाराका साथ सो संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको थियो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य जीवन खड्काले विद्यालय तहमा किशोर किशोरी शिक्षा प्रवद्र्धन गर्न आवश्यक रहेको चर्चा गर्दै महिनावारीका कारण विद्यालयमा छात्रा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । 

    आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले चार वर्षको अवधिमा संस्थाले एक हजार ८०० महिलालाई प्याड बनाउन निःशुल्क तालीम दिएको जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast