सोमबार, कार्तिक ४, २०७६
    सावधान

    घुस लिएको अभियोगमा मुद्दा दायर

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडौँ, ९ असोज

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।

    उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

    यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । जवान तेलीले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोप लागेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast