बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    लगातार बढेकाे सुनकाे मूल्य आज ह्वात्तै घट्याे, कति पुग्याे ?

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडौं, ९ असाेज ।

    लगातार बढेकाे सुनकाे मूल्य बिहीबार ह्वात्तै घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा एक हजारले घटेकाे हाे ।

    सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ।  बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो।

    यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ। बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो र तेजाबी सुन मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदी भने ८ सय ९० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast