बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी पुन: प्राप्त गर्न सकिन्छ

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडौँ, ९ असोज 

    कहिले काँही आफूले नचाहँदा नचाहँदै वा झुक्किएर  फोटोहरु डिलिड हुन पुग्छन् । तर त्यसको लागि तपाईंले धेरै चिन्ता गर्नु जरुरी छैन । किनकी यसरी हराएका फोटोहरु पुन प्राप्त गर्न सकिन्छ ।

     

    यसरी गर्नुस् फोटो सुरक्षित

    मोबाइलमा खिचिएका फोटोलाई सुरक्षित गर्ने केही उपायहरु रहेका छन् । एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ । तपाईँ आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ । यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ ।

    गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुहुन्छ । यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ । यसपछि त तपाईको फोटो हराउने चिन्ता दूर हुन्छ ।

    त्यस्तै अर्को तरिका पनि रहेको छ । तपाईको फोटो डिलिड भएको खण्डमा त्यसलाई रिकोभर वा पुन प्राप्ति का लागि विभिन्न रिकोभर एपहरु र टुलहरुसमेत उपलव्ध छन् ।

    तपाईको फोटो हराएको वा डिलिड भएको मोबाइलबाट उक्त फोटो रिकोभर गर्नका लागि तपाईँ गुगल प्लेस्टोरबाट तेस्रो व्यक्तिको एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एपको नाम ‘डिस्कदिग्गर’ हो । यसलाई डाउनलोड गरेपछि तपाईँलाई फोटो स्क्यान गर्ने अप्शन आउने छ । यसमा क्लिक गरेको केही समय भित्रै तपाईँको मोबाईलमा यो एपले सबै फोटोहरु खोजेर ल्याउनेछ ।

    यसबाट तपाईँलाई जुन फोन चाहिएको हो, त्यो डाउनलोड गर्न सक्नुहुने छ । यसरी तपाईँ आफ्नो पुरानो डिलिट भएको फोटो फेरि प्राप्त गर्न सक्नुहुनेछ । 

    त्यसैले फोटो हराएकोमा चिन्तित बन्ने गर्नु भएको छ भने इन्टरनेटमा त्यस्ता फोटाहरु हराएको खण्डमा कसरी प्राप्त गर्न सकिन्छ भनेर खोजी गर्नुहोस् त्यसबाट पनि केही उपायहरु प्राप्त गर्न सकिन्छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast