बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    तरकारी बजारमा बेथिति, उपभोक्ता भन्छन् : व्यापारीले मौकामा चौका छोपे

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडौं, ९ असोज 

    दसैं नजिकिँदै गर्दा सर्वसाधारणकाे ढाड सेक्ने गरी तरकारीकाे मूल्य बढेकाे छ । चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य उपभाेक्ताले थग्नै नसक्ने गरी बढेको हाे ।

    ‘हप्तादिन अघि १ सय २० रुपैयाँ धार्नीमा लगेको आलु अहिले १ सय ८० रुपैयाँ पुगिसकेछ’ एक उपभाेक्ताले सुनाइन् ।

    हरेक चाडपर्वका बेला तरकारीको मुल्य बढ्ने गरेको उपभोक्ताको गुनासो छ ।

    सरकारले बजार अनुगमन प्रभावकारी ढंगले गर्न नसक्दा तरकारीको मुल्य वृद्धि भएको उपभोक्ताहरु बताउँछन् । अहिले बजारमा सबैजसो तरकारीजन्य वस्तुको मुल्य बढेको छ । न त अनुगमन हुन्छ न त कालोबजारी र बिचौलियालाई कारवाही नै ।

    मुल्य बढ्न नपाइ व्यापारीहरुको चलाखीपन भएको र उपभोक्तालाई ठग्ने गरेको उपभोक्ताहरु आरोप लगाउँछन् ।

    तर मुल्य बढेकाले नै बजारभाउ छोइनसक्न्नु भएको व्यापारीहरु बताउँछन् ।

    मुल्यमा सामान्य उत्तरचढाव आएपनि यता व्यापारीले भने दोब्बर मुल्य बढाएर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।

    यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेको तरकारी व्यवसायीहरु बताउँछन् । ‘धेरै प्रयोग हुने आलु प्याज जस्ता तरकारी भारतबाटै आउँछ’ एक व्यापारीले भने ‘बाह्य मुलुकमा निर्भर हुनु परेकाले पनि मंगिएको हो।’


    यस्तो छ बजारमा भाऊ

    हप्तादिन अघिदेखि बढ्न थालेको तरकारीको मुल्य झन् आकासिएको  छ । बुधवार कालीमाटी बजारमा रहेको तरकारीको खुद्रा मुल्य :

    प्याज १ सय १५ रुपैयाँ, गोलभेंडा प्रतिकेजी ९५ रुपैयाँ, आलु प्रतिकेजी ४५ देखि ९५ रुपैयाँसम्म, काउली प्रतिकेजी १ सय २५, गाजर प्रतिकेजी १ सय २५, भन्टा प्रतिकेजी १ सय २५, बोडी (तने) प्रतिकेजी १ सय ३५ रुपैयाँ छ ।

    त्यसैगरी घिउ सिमी प्रतिकेजी १ सय ४५, तिते करेला प्रतिकेजी १ सय २५, साग १ सय ३५ देखि २ सय ९५ प्रतिकेजी, अदुवा प्रतिकेजी २ सय ४५ र लसुन प्रतिकेजी २ सय ४५ रुपैयाँमा छ ।

    भान्सामा पाक्ने तरकारी मंहगो भएसँगै उपभोक्ताहरु चिन्तित भएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast