बुधबार, असोज २९, २०७६
    यातायात

    देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनका चार्जिङ स्टेशन

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडाैं, ९ असाेज ।

    देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएकाे छ । सरकारले देशभरका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको हाे ।

    नेपाल विद्युत प्राधिकरणले एउटा ठाउँमा तीन वटासम्म गाडी अट्ने गरी चार्जिङ स्टेशन बनाउने योजना बनाएकाे छ । त्यसको लागि मुख्य शहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका जग्गा निशुल्क उपलब्ध गराउन पनि प्राधिकरणले आह्वान गरेको छ ।

    राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्ट आदिका पार्किङस्थल भएका ठाउँ चार्जिङ स्टेशन बनाउन उपयुक्त हुने प्राधिकरणले जनाएको छ ।

    जग्गाको प्राविधिक, आर्थिक, भौगोलिक र अरु आधारमा सम्भाव्यता अध्ययन गरेपछि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणको लागि जग्गा छनोट गर्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast