बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    लामाे समय भूमिगत भएकी नायिका शिल्पा बल्ल भइन् सार्वजनिक

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    काठमाडाैं, ९ असाेज ।

    लामाे समयदेखि भूमिगत भएकी अभिनेत्री शिल्पा पाेखरेल सार्वजनिक भएकी छिन् ।अहिले शिल्पा केही कार्यक्रममा देखा पर्न थालेको खबर शुक्रबार साप्ताहिकले छापेको छ।

    हालै कबड्डीको तेस्रो सिरिजको प्रिमियरमा उनी पनि थिइन्। उनलाई युट्युबरले घेरिहाले। कडा कडा प्रश्नको ओइरो उनीमाथि लाग्यो। तर, उनले भने सामान्य नै उत्तर दिइन्।

    पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्। जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो।

    अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो। धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast