शुक्रबार, मंसिर २०, २०७६
    ओएमजी Omg!

    धनगढीकी खगित्राले जन्माइन एकै पटक चम्ल्याहा शिशु !

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    धनगढी, ९ असाेज ।

    धनगढीकी खगित्रा शाहीले एकै पटक ४ बच्चा जन्माएकी छिन् । सत्ताइस वर्षीया शाहीले चम्ल्याहा शिशु जन्माएकी हुन् ।

    शाहीले सिनामङ्गलस्थित काठमाडाैं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।

    आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश:  १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए ।

    चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताए । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast