काठमाडाैं, ९ असाेज ।
आर्थिक वर्ष २०७४/०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।
यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चालकहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् ।
सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुले आगामी शैक्षिक सत्रमा कलेज बन्द गर्ने धम्की दिएका हुन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वाथ्य समितिअन्तर्गत गठित उपसमितिले प्रतिवेदनमा मेडिकल कलेजहरुले २ देखि ६६ प्रतिशतसम्म नाफा कमाएको उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com