सोमबार, कार्तिक ४, २०७६
    बिदेश

    इजिप्टमा राष्ट्रपतिको विरुद्दमा उत्रिएका एक हजार प्रदर्शनकारी प्रक्राउ

    बुधबार, ८ असोज २०७६, आहाखबर

    कायरो, ८ असोज

    इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् । 

    अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।

    दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।

    कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ । 

    उहाँले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राख्नु भएको थियो भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आउनु भएको थियो ।  

    अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast