बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    बलिउड

    प्रियंका र सलमानबिच दुश्मनी ! के भनिन् प्रियंकाले ?

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौँ, ८ असोज

    नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’को लागि सुरुमा नायिका प्रियंका चोपडा पक्का भएकी थिइन् । तर, समय नमिलेपछि प्रियंकाले उक्त चलचित्रमा काम गरिनन् र नायिका कट्रिना कैफले चलचित्रमा काम गरिन् ।

    यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । सुटिङ सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रियंकाले चलचित्रमा काम नगर्ने भनेपछि सलमान रिसाएका थिए । प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् ।

    सलमानको आरोपमा प्रियंकाले बल्ल जवाफ फर्काएकी छिन् । हाल आफ्नो नयाँ चलचित्र ‘स्काई इज पिंक’को प्रचारमा रहेकी प्रियंकाले सलमानलाई धोका नदिएको बताइन् । उनले भनिन्–‘मैले सलमानलाई धोका दिएको होइनँ । मैले उनीसँग सल्लाह गरेर नै चलचित्र छाडेको हुँ ।’

    उनले सलमान आफ्नो बिबाह पार्टिमा सहभागी भएको कुरा पनि बताएकी छिन् । उनले थपेकी छिन्–‘सलमान हाम्रो बिबाहको पार्टिमा पनि आएका थिए । उनको बहिनी मेरो मिल्ने साथी भएका कारण पनि म उनको घर पुगिरहेकी हुन्छु । हामीबीच कुनै पनि दुश्मनी छैन ।’

    सलमान मिहिनेती भएको भन्दै प्रियंकाले उनीसँग काम गर्न आफू सधै नै तयार रहने बताइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast