बुधबार, असोज २९, २०७६
    कृषि-उर्जा

    यी पाँच आयोजनाबाट थपियाे ८५ मेगावाट विद्युत् (नामसहित)

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौं, ८ असाेज ।

    नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा थप ८५ मेगावाट विद्युत् थप भएको छ। चालु आर्थिक वर्ष लागेपछि मात्रै प्रणालीमा झण्डै १०० मेगावाट बराबरको विद्युत् थप भएको हो ।

    गत साउन पछि मात्रै कूल ५ वटा जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा थप भएको छ ।प्राधिकरणका अनुसार साउन पछि २२ मेगावाट क्षमताको तल्लो हेवा आयोजनाको विद्युत् थप भएको छ ।

    यस्तै २० मेगावाट क्षमताको मोदी, ९.९ मेगावाटको इवाखोला, २५ मेगावाटको कावेली बी, ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थप भएको छ ।

    ती सबै आयोजना आर्थिक वर्ष २०७५÷७६ मा नै सम्पन्न हुनुपर्ने आयोजना थिए । यस्तै प्राधिकरणको लगानीमा निर्माण भइरहेको १४ मेगावाटको आयोजना निर्माण सम्पन्न भएको भए प्रणालीमा कूल ९९ मेगावाट थप हुने थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast