सोमबार, कार्तिक ४, २०७६
    लेख/संवाद

    ''आमा हुँदा-हुदै पनि टुहुरो, म कती भाग्यमानी !!''

    बुधबार, ८ असोज २०७६, -वसन्ती चन्द शाही .

    जिवन अनुभूत हो, अनुभव मात्र गर्न सकिने रहेछ । जिवन गोधुली साँझ वर्षाको झम-झम पानी, मेलाको गीत, दसैंको उत्साह, वसन्तको आनन्द सँग-सँगै खोलाको भेल, औंसीको कालो रात अनि खिन्न पतझड पनि रहेछ । जिवन गतिशिल समय बाहेक अरु केहि रहेन छ ।

    समय परिस्थितिले धेरै परिपक्क बनाइ दिँदो रहेछ । मैन जस्तो काेमल हृदय पनि चट्टान भइदिने रहेछ । मेरो परिपक्कता, हिम्मत, अड्डीको सबै श्रेय तिमीलाई जाँदैन र ? तिमीले नयाँ रङ्गीन संसारलाई अंगालो हाल्दा म एक्लिएको थिए । तिमीले छोडेर जाँदा कत्रो नै थिए र ? मात्र ४ वर्षको । ४ वर्षमै मलाइ संसारीकता, समाज, वातावरण, उकाली-ओराली सबै महसुश गरायौ । आफ्ना हातले भात खानसम्म नजान्नेले समाजको लप्पा खान सिक्यो । कसैको एक वचन सहन नसक्नेले मुटुभरी घाउ बोकी हिड्न सिक्यो । यो धमिलो वातावरणमा आफुलाई केलाउँछु, कहिले उडेर अगाडी आइपुग्छु, कहिले रहिरहन्छ त्यतै-कतै कुनामा । म कुन चाँहि तत्व हुँ छुट्याउन गाह्राे भइदिन्छ ।

    नौ महिना आफ्नो अंशियार बनाएर आफुभित्र सजाएर राखेकी थियौ । कति रात जागा बसेकी हौली, कति अन्न अपच भई निस्किए होलान् , नौ महिनापछि प्रशव पिडामा तड्पीएर रगताम्य भई आफ्नो जिवनको बाजि राखी एउटा जिवन जन्मायौ । पहिलो पटक त्यो जन्माएको जिवनलाई छातिमा टाँस्दा तिम्रा आँखाबाट खुशीको झरी अवस्य झरे होला । तिम्रो सबै भाकल पुरा भएको महशुस गरेकी हौली । पूर्ण भएको होला तिम्रो जिवन, कुनै युद्धमा विजयी भएर तिलक लगाएकी थियौ । आमाको तिलक थियो त्यो, कति आनन्द, प्रफुल्लित अनि हृदय स्पर्दक महशुस गरेकी हौली । तर, आज किन विर्सियौ मायाको खेति गर्न ? अझै पनि कतै हृदयको कुनामा मायाका दाना अङ्कुरीत हुन्छन् होला । 

    आमा शब्दको एउटै परिभाषा थाहा थियो, आफ्ना सन्तानलाई अथ्था-अथ्था हुँदा मातृत्वको शितलता प्रदान गर्ने आमा हुन भनेर तर, तिमीले यो परिभाष झुट सावित गरिदियौ,  विभाजित गरिदियौ, वर्गीकृत गरिदियौ आमालाई । आफै भन तिमी कुन वर्ग, स्तर र विभागकी आमा भयौ? 

    आमा शब्दको एउटै परिभाषा थाहा थियो, आफ्ना सन्तानलाई अथ्था-अथ्था हुँदा मातृत्वको शितलता प्रदान गर्ने आमा हुन भनेर तर, तिमीले यो परिभाष झुट सावित गरिदियौ,  विभाजित गरिदियौ, वर्गीकृत गरिदियौ आमालाई । आफै भन तिमी कुन वर्ग, स्तर र विभागकी आमा भयौ? 

    बच्चा जन्मदा आमाको छातीमान किन राखिन्छ थाहा छ ? किनकी आमाले आफ्ना सन्तानको पिडा, दुख महशुस गर्न सकोस्, त्यो पिडा बिसाउने चौतारी बन्न सकोस् । तर, तिमीले किन मेरो धडकन सुनिनौ ? किन बुझिनौ मेरा  बेलौना ? छाडी गयाै गुडको एकलो बचेरोलाई लथालिङ्ग परेर, मेरो मन तडपिदा तिम्रो छाती पोल्दो हो, बिझाउदो हो मुटु बल्झिदो प्रशवको घाउँ, छताछुल हुदो हो तिम्रो आडम्बर ।

    बुबाले तिमी गएको सोक रक्सीमा चुर्लुम्म डुबेर मनाउनु भयो । कति सोक मनाउनु हुन्थ्यो र ? मेरा लागि अर्को बिहे  गर्नु भयो बुबाकी नया दुलही मेरी नयाँ आमा आइन । मानिसहरुको त्यहि भिड, त्यहि गाँइगुइँ, पहिला र आहिलेकी, नयाँ र पुरानो दुलहीको तुलना हुदै थियो । कतिले नयाँलाई राम्री ठहराए कतिले पुरानीलाई । बुबाले ल्याइदिएको नयाँ आमालाई आमा भन्न नसकेको मेरो जिब्रो, नयाँ आम निकै असल छिन् । मैले मागेका हरेक कुरा पुर्याउछिन्।  उनि डराए जस्ती हुन्छिन् मेरो अनुहार निरास देख्दा । किनकि म उनको सौताको छोरो, समाजले उनलाई नराम्रो बचन लाउने छ यदि म निरास भैदिय भने, निकै माया गर्छिन मलाई । चाहन्छु उनलाई अंगालोमा हालेर ग्वाँ-ग्वाँ रोई दिउ तर हात आगाडी बढदैनन्, उनको गालामा मायाको न्यानो चुम्बन गरिदिउ तर ओठहरु मान्दैनन, मनको भारी उनि सामु बिसाई दिउ तर काधहरु मान्दैनन् । 

    ८४ व्यंजन खाना पकाईन्छ तर स्वादिलो केहि हुदैन, खाई दिन्छु खानु पर्छ भनि । थरी-थरीका लुगा छन् तर न्यानो कसैले दिदैं काँपी रहन्छ मुटु भने तुसारोले थाकिएको छ । तर लागाई दिन्छु । जिवन त दियौ तर के को लागि ? प्रश्नै-प्रश्नले भरिदियौ, उत्तर खोज्द नि भेट्दिन केहि । अनुत्तरित छन् मेरो गोटाहरु, अनुत्तरित छन् मेरा सपनाहरु ।

    कतिका लागि दयाको पात्र बनिदिन्छु । सामान्य लाग्न थालेछ कठै बरा आमा हुँदा हुँदैकाे टुहुरो भनेको सुन्दा । कतिका लागि भाग्यमनि साबित भएको छु, किन थाहा छ ? छोरा मान्छे आमा जस्तो भयो भने भाग्यमानी हुन्छन् रे । मेरा आखा, नाक, मुख,कान, अनुहार सबै-सबै तिम्रो जस्तो । तिमीजस्तै सुन्दर मान्छे रे म... सुन्दरता हुन्छ । मेरा जरादेखी लिएर हाँगा पात सबै-सबै तिमि जस्तो । म कति भाग्यमानी, आमा हुँदा-हुदै पनि टुहुरो, म कती भाग्यमानी मरी सकेको मनलाई पनि जिउदै छ भनि झक्झकाउनु पर्ने ।

    समथर थिए फैलिन चाहान्थे चारै तिर...तर, जिवन धेरै गहिराे भइ दिएछ । कहिले भाँसिए, कहिले उचालिए, कहिले टुक्रिए कहिले गाँसिए, कहिल्यै सुके कहिल्यै झङ्गीए । कुन समय के भए त्यसकाे लेखाजाेखा आवश्यक थिएन । आवश्यक  थिए त मात्र मेरा अनुत्तरित प्रश्नहरू ...। फूल, अविर र केशरीले श्रृङ्गारीएकाे मेराे जिवनलाई किन मरूभूमी झैँ बेजान तुल्याइिदयाै ? किन मेराे जिवन यति गहिराे सावित गरििदयाै ? 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast